१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लालपुर्जा पाएपछि सुकुम्बासी परिवारमा खुसी

सर्लाही – लालबन्दी नगरपालिकाअन्तर्गत रानीगन्जस्थित एक मठको जमिनमा वर्षौंदेखि बसोबास गर्दै आएका सुकुम्बासी परिवारले मोही हकअन्तर्गत शनिबार लालपुर्जा पाएका छन्। पुस्तौंदेखि बसोबास गर्दै आएको जमिनको लालपुर्जा पाएपछि सुकुम्बासी परिवारमा खुसियाली छाएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका–१७, रानीगन्जस्थित देवता महाकाली मठको ११ बिघा पाँच कट्ठा जमिनमध्ये आधा जमिन ९ सुकुम्बासी परिवारले दामाशाही हकभोग प्राप्त गरेका हुन्।

शनिबार बिहान रानीगन्जस्थित वडा कार्यालयमा कार्यक्रम आयोजना गरी ती मोहीलाई जग्गाधनी लालपुर्जा प्रदान गरिएको छ। २०२२ सालमा स्थापना भएको मठको जमिनमा तीन पुस्तादेखि बस्दै आएका ती परिवारलाई मोहियानी हकअन्तर्गत दामाशाही हिसाबले लालपुर्जा वितरण गरिएको १७ नम्बरका वडाध्यक्ष नवराज अधिकारीले बताए।

सो जग्गाको विषयमा २०६६ सालदेखि अदालतमा मुद्दामामिला चल्दै आएको थियो। बीचमा नक्कली मोहीसमेत खडा गराएर भू–माफियाले मठको जमिन हडप्ने प्रयास गरे पनि आफूलगायत जनप्रतिनिधिको पहलमा वास्तविक बसोबास गरिरहेका सुकुम्बासी परिवारलाई मात्र मोहियानी हकअन्तर्गत लालपुर्जा दिलाउन सफल भइएको वडाध्यक्ष अधिकारीले जानकारी दिए।

प्रकाशित: ७ आश्विन २०७६ ०३:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App