२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

दोलखामा विज्ञान शिक्षकको अभाव

दोलखा- जिल्लाका अधिकांश विद्यालयमा विज्ञान शिक्षकको अभावका कारण पठनपाठनमा असर परेको छ।

आइएससी, बिएससी र एमएससी पढेका धेरै विद्यार्थी भए पनि अध्यापन अनुमति पत्र नभएका कारण दरबन्दी खाली भएका विद्यालयमा विज्ञान शिक्षकको पदपूर्ति हुन नसक्दा पठनपाठनमा असर परेको हो।     

जिल्लाका १० विद्यालयमा लामो समयसम्म विज्ञान शिक्षकको दरबन्दी नभएका कारण पठनपाठनमा अप्ठ्यारो परेको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख शङ्करबाबु श्रेष्ठले बताए।

एकाइका अनुसार हलेश्वर मावि सुरी, गर्जाङढुङा मावि मालि, नीलकण्ठेश्वर मावि जुङ्गु, जनज्योति मावि पुतलीकाठ, कालिका मावि फस्कु, सर्के मावि खरिढुङ्गा, जनप्रभात मावि झुले, भङ्गेरी मावि शैलुङ, कल्लाबारी मावि दूधपोखरी र कालिका मावि हावामा विज्ञान शिक्षकको दरबन्दी रिक्त छ।     

प्रमुख श्रेष्ठका अनुसार खाली भएका दरबन्दी विद्यालयले लुकाएर समयमा शिक्षा विकास तथा समन्वय एकाइमा जानकारी नगराएकाले यस्तो अवस्था आएको हो। पटक–पटक विज्ञापन गर्दासमेत विज्ञान विषयका शिक्षकका लागि दरखास्त नपरेको बताइएको छ।

सरकारले दिने तलबमा विद्यालयको आन्तरिक स्रोतबाट पाँच÷दश हजार रुपैयाँ मासिक थप्दासमेत शिक्षक पाउन समस्या भएको देवी माविका प्रधानाध्यापक किशोर दाहालले जानकारी दिए।रासस

प्रकाशित: २३ भाद्र २०७६ १३:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App