१५ चैत्र २०८० बिहीबार
समाज

अछाममा डुबेर २ जनाको मृत्यु

अछाम- खाल्डोमा जमेको पानीमा डुबेर अछाममा दुई जनाको ज्यान गएको छ। शनिवार विहान बाख्रा चराउन घर नजिकैको जंगलमा गएका १३ वर्षीय ललित बादी र १२ वर्षीय युकेश दमाईको अछामको मंगलसेन नगरपालिका वडा नं ७ जनालीमा सडकको खाल्डोमा जमेको पानीमा डुबेर ज्यान गएको हो। 

बिहान बाख्रा चराउन गोठालो गएका उनीहरु केही बेरअघि डुबेर बेपत्ता भएको स्थानीय सुशील भण्डारीले जानकारी दिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कलेन्द्र शाहीको नेतृत्वमा मंगलसेनवाट गएको प्रहरी टोली र स्थानीयले दुबैको शवलाई खाल्डोबाट निकालेको अछाम प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: २१ भाद्र २०७६ १०:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App