१६ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते, तीनको अवस्था गम्भीर

सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।

सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ सेराघारीस्थित सडकखण्डमा सिम्ताबाट गुमीतर्फ आउँदै गरेको क.प्र. ०२००१ ख ०४९० नम्बरको फोर्स गाडी आफै अनियन्त्रित भई सडकमै पल्टिएको हो।

गुर्भाकोट नगरपालिका–१३ सेराघारी बस्ने अन्दाजी ४३ वर्षीय गगन थापाले चलाएको उक्त गाडीमा चालकसहित २० जना सवार थिए।

दुर्घटनामा चालकबाहेक १९ जना घाइते भएका प्रहरीले जनाएको छ। घाइतेहरूको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।

दुर्घटनाग्रस्त गाडी घटनास्थलमै रहेको छ भने चालकलाई नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

घाइतेहरूको निम्न अस्पतालहरूमा उपचार भइरहेको छ :

कर्णाली प्रदेश अस्पताल कालागाउ सुर्खेतमा उपचाररत:

१) जिल्ला सुर्खेत सिम्ता गा.पा ९ बस्ने बर्ष ४० को गणेश वली टाउकोमा चोट, अवस्था सिरीयस।

कर्णाली केयर अस्पताल सुर्खेतमा उपचाररत:

२) जि.सुर्खेत गुर्भाकोट न.पा.१३ बस्ने बर्ष २३को ममता पुन, सामान्य

३० ऐ.बस्ने ममता पुनको छोरा बर्ष ५ को रियाज शाही टाउकोमा चोट, अवस्था सिरियस।

माया अस्पताल सुर्खेतमा उपचाररत:

४)जि.सुर्खेत सिम्ता गा.पा.९ बस्ने बर्ष ४५ की बिष्णु माया सुनार टाउकोमा चोट, अवस्था मध्यम।

५) ऐ. बस्ने बर्ष १० को प्रविन सुनार टाउकोमा चोट अवस्था मध्यम।

६) जि.तनहुँ वतन बताउने बर्ष ३९ की भावना राई टाउकोमा चोट, अवस्था सिरियस।

७) ऐ.ऐ. निजको छोरा बस्ने बर्ष २ को प्रज्वल राई ढाडमा चोट, अवस्था सामान्य।

मेहेलकुना अस्पताल सुर्खेतमा उपचाररत:

८) जि.सुर्खेत गुर्भाकोट न.पा.१४ बस्ने बर्ष ३२ की जैसरा बुढा टाउको र मुखमा चोट, अवस्था मध्यम।

९) ऐ.ऐ. बस्ने बर्ष ६०की भुमिसरा खड्का दायाँ खुट्टामा चोट, अवस्था मध्यम।

१०) निजको श्रीमान बर्ष ४२ को उदयराम भुजेल टाउको र ढाड, चोट, अवस्था मध्यम।

११)ऐ.ऐ. बस्ने बर्ष ४५की धनमाया भुजेल बाहिरी चोट नदेखीको अवस्था मध्यम।

१२) जि.सुर्खेत सिम्ता गा.पा।९ बस्ने बर्ष ३२की टिका खत्री दायाँ हातमा चोट, अवस्था सामान्य।

१३)ऐ.ऐ.बस्ने बर्ष ६० को भिम ब।थापा बायाँ हातमा चोट, अवस्था मध्यम।

१४) ऐ.ए. बस्ने बर्ष ५५ की तुलसरा सुनार दायाँ हात ढाडमा चोट, अवस्था मध्यम।

१५) ऐ.गुर्भाकोट न.पा. १४ बस्ने बर्ष १२ को सक्षम बुढा टाउको खुट्टामा चोट, अवस्था मध्यम।

१६) ऐ. १२ बस्ने बर्ष १५ की प्रिति गुरुङ टाउकोमा चोट, अवस्था सामान्य।

१७) ऐ. सिम्ता गा.पा.९ बस्ने बर्ष ३०की शान्ता खत्री शरिरको बिभिन्न भागमा चोट, अवस्था मध्यम।

१८) ऐ.गुर्भाकोट न.पा१४ बस्ने बर्ष १७ की भावना आले हातमा चोट, अवस्था सामान्य।

१९) ऐ. सिम्ता गा.पा९ बस्ने बर्ष ३०की मनिषा थापा घाटी र दायाँ हातमा चोट, अवस्था मध्यम।

प्रकाशित: ६ श्रावण २०८३ १४:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App