भक्तपुरको पलाँसेमा बा.३९ प.११४४ नम्बरको मोटरसाइकल जोगाउन खोज्दा बस मधु खड्काको घरमा ठोक्केको थियो। दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई र बसका तीन यात्रु गरी पाँचजना घाइते भएका छन्।
घाइतेको भक्तपुर अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए।
दुर्घटनापछि आक्रोशित समूहले लोकन्थलीस्थित अरनिको यातायात बस व्यवसायी समितिको केन्द्रीय कार्यालय तोडफोड गरेको छ।
कार्यालयमा प्रवेश गरी कम्प्युटर, फ्याक्स, सोफा, टेबल, कुर्सी, सिसाका र्याक र कार्यालयको बाहिरी झ्यालका सिसा समेत तोडफोड गरिएको कार्यालय प्रमुख रामशरण खरेलले जानकारी दिए।- रासस
प्रकाशित: २४ आश्विन २०६७ ०६:३७ आइतबार





