फिफा विश्वकप २०२६ को समूह ‘इ’ अन्तर्गत आइभोरी कोस्ट र इक्वेडरबिच फिलाडेल्फिया स्टेडियममा निकै रोमाञ्चक भिडन्त भएको छ।
खेलको ९०औ मिनेटमा आइभोरी कोष्टका अमद डियादोले पहिलो गोल गर्दै आइभोरी कोस्ट विजयी भएको छ। निर्धारित समयमा ८ मिनेट थप गर्दा समेत इक्वेडर गोल फर्काउन सकेन।
यो खेल नै सिनियर अन्तर्राष्ट्रिय फुटबल इतिहासमा यी दुई टोलीबीचको पहिलो आधिकारिक भेट हो। यी दुई देशबिच सिनियर टोलीको तहमा कुनै पनि मैत्रीपूर्ण खेल वा आधिकारिक प्रतियोगितामा सामना भएको छैन।
प्रकाशित: १ असार २०८३ ०६:५१ सोमबार





