४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

विषालु च्याउ खाँदा तीनको मृत्यु

काठमाडाैं– विषालु च्याउ खाँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ। लुंग्री गाउँपालिका–६ गुम्चालका अमरसिं बुढाथोकीका श्रीमती, छोरा र छोरी गरी तीन जनाको मृत्यु भएको हो।

यसरी मृत्यु हुनेमा २५ वर्षीया कर्मली बुढाथोकी, सात वर्षीया सुनिता बुढाथोकी र तीन वर्षीय पुस्कल बुढाथोकी रहेका स्थानीय जेवी विष्टले जानकारी दिए। घर नजिकै जङ्गलबाट आमा कर्मलीले लिएका च्याउ परिवारका तीन सदस्यले खाएका थिए।

यही साउन ८ गते च्याउ खाएर बिरामी परेका तीनै जनालाई उपचारका लागि भीम अस्पताल रुपन्देही लगिएको थियो। प्रहरीका अनुसार पुस्कलको ११ गते, सुनिताको १२ गते र कर्मलीको आज मृत्यु भएको हो। उपचारका लागि लैजाँदै गर्दा पुस्कल र सुनिताको बाटैमा मृत्यु भएको थियो भने कर्मलीको भने उपचारका क्रममा अस्पतालमा मृत्यु भएको बताइएको छ। श्रीमान् अमरसिं बुढाथोकी भने रोजगारीका क्रममा खाडी मुलुकमा रहेका बताइएको छ। रासस

प्रकाशित: १३ श्रावण २०७६ १३:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App