१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

पर्सामा बाढीबाट मर्नेको संख्या ३ पुग्यो

वीरगन्ज– पर्सामा बाढीमा बगेर मृत्यु हुनेकाे संख्या ३ पुगेको छ। यसअघि दुई जना बालकको बाढीमा बगेर मृत्यु भएकोमा सोमबार बिहान वीरगन्ज महानगरपालिका–२५ सिर्सिया खल्वाटोलाका ५० वर्षीय दुर्गा साह तुराहा मृत भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बाढीले बगाएर मृत्यु हुनेको संख्या तीन पुगेको छ।

आइतबार राती घर नजिकै पिसाब फेर्न निस्केको बेला सिर्सिया नदीमा खसेर हराएका थिए। उनको शव सोमबार बिहान सिर्सिया नदीमै भेटिएको पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले बताए। घट्नापछि मध्यरातसम्म खोजी गरिए पनि नभेटेपछि प्रहरी टोली फर्केको थियो। सोमबार बिहान पुनः सशस्त्र प्रहरी बलको टोली डुंगा सहित खोजतलास गर्दा उनको शव भेटिएको हो। वीरगन्ज महानगरपालिका–१ छपकैयास्थित भकुवा घाट नजिकै बाढीको पानीमा उत्रिएको अवस्थामा तुहाराको शव भेटिएको सशस्त्र प्रहरी निरीक्षक जीवनबहादुर मल्लले बताए। प्रहरीका अनुसार शव पोष्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा पठाइएको छ। 

यसअघि दुई बालकले बाढीमा बगेर ज्यान गुमाउनु परेको थियो। सिरानमा रहेको राष्ट्रिय जंगलबाट बाढीको भेलसंगै बगेर आउने काठ दाउरा पार्सागढी वडा नम्बर १ मनवास्थित खोलाबाट निकाल्न गएकामध्ये १० बर्षे निखिल पटेललाई गत शुक्रवार खोलाले बगाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उद्धार गरेर वीरगन्जस्थिजत गण्डक अस्पतालमा पुर्याउदा त्यहाँका चिकित्सकले बालकलाई मृत बताएका थिए। वीरगन्ज १८ भवानीपुर घर भई हाल वीरगन्ज २३ रामगढवा टोल बस्ने रामनारायण पटेलको छोरा करिब वर्ष १४ बर्ष उमेर भएका अनुष पटेल शनिवार बाढीमा बगेर हराएका थिए। आइतबाट बजरंग सिनेमा हल नजिक खेतमा हिलोमा लथपथिएको अवस्थामा उनको शव भेंटिएको थियो। 

प्रकाशित: ३० असार २०७६ १३:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App