१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

फोटोग्राफी तालिम सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजनामा बिहीबारदेखि १० दिने आधारभूत फोटोग्राफी तालिम सुरु भएको छ। तालिमको उद्घाटन गर्दै नगर प्रमुख प्रजापतिले युवा पुस्तालाई सीप दिने उद्देश्यले नगरपालिकाले विभिन्न तालिम सञ्चालन गर्दै आएको बताउँदै तालिमले रोजगारीको अवसर सिर्जना गर्नुका साथै व्यक्तित्व विकासमा मद्दत पुयाउने विचार व्यक्त गरे।

यस क्रममा नगरपालिकाबाट जेठ २६ गतेदेखि सञ्चालन भएको रेडियो प्रस्तोता तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गरियो। कार्यक्रममा रेडियो प्रस्तोता तालिमका मुख्य प्रशिक्षक प्रकाश सायमीले तालिम सकिँदैमा सीप हासिल नहुने हुँदा यसलाई निरन्तरता दिनुपर्ने बताए। फोटोग्राफी तालिमका प्रशिक्षक शरद राईले फोटोग्राफी तालिमका साथसाथै फोटोग्राफी सम्बन्धी साहित्यलाई पनि जोड दिनुपर्ने बताए।

प्रकाशित: १३ असार २०७६ ०२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App