१६ चैत्र २०८० शुक्रबार
समाज

गाउँपालिका उपाध्यक्षसहित १० जना कर्णालीमा जीप खस्दा वेपत्ता (फोटो फिचर)

उद्धारका लागि खटिएका सुरक्षाकर्मी र स्थानीय । तस्बिरः जनक/हुम्ला

हुम्ला– हुम्लाको सदरमुकाम सिमकोटदेखि ८ कोष टाढा पर्ने खार्पुनाथ गाउँपालिका ५ को बेडुबीसुना जिउला र कैल्याबालुको बिचमा पर्ने सडकबाट जीप कर्णाली नदिमा खसेको छ। यात्रु लिएर खार्पुनाथको खार्पुदेखि पालिकाको केन्द्र रहेको याङचुबजार जान लागेको जीप सडकबाट २० मिटर तल कर्णाली नदिमा खस्दा जीपसहित १० जना यात्रु बेपत्ता भएका छन्।

लु १ ज ७१६६ जीप सडकबाट करिब २० मिटर तल कर्णाली नदीमा खसेको हो। बेपत्ता हुनेमा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाही, जिप चालक सिमकोट ८ याङगुका मणि शाही, यात्रुहरु खार्पुनाथ ४ छिप्राका चन्द्र हमाल, खार्पुनाथ ४ नल्नाका नैनसिंह भण्डारी, खार्पुनाथ ५ याङचुका बसन्ती शाही, नन्ददेवी सिंह र  गोकुल सुनार  खार्पुनाथ १ पिउसकी कौरा दमाई  उनका दुई वर्षीय छोरा र नाम नखुलेको ओल्डिङ मास्टर रहेको  हुम्लाका निमित्त प्रहरी प्रमुख राजेन्द्र बहादुर सिंहले  बताए। घटना मध्याह्न साढे १२ बजे भए पनि सूचना ढिला आएकाले उद्धारमा ढिलाइ भएको उनले बताए ।

१६ सिट क्षमता भएको जीपमा १० जनाको नाम खुलेको भएपनि जीपमा कतिजना चढेका थिए भन्ने एकीन भइसकेको छैन्। अहिले उद्धारका लागि स्थानीयबासी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित सिम्रीक एयर, माउण्टेन र सुमिट एयरका ६ वटा हेलिकप्टर परिचालित गरिएको निमित्त प्रमुख जिलला अधिकारी महेश कुमार पोखरेले बताए।

उद्धारका लागि खटिएका सुरक्षाकर्मी र स्थानीय । तस्बिरः जनक/हुम्ला
उद्धारका लागि खटिएका सुरक्षाकर्मी र स्थानीय । तस्बिरः जनक/हुम्ला
उद्धारका लागि खटिएका सुरक्षाकर्मी र स्थानीय । तस्बिरः जनक/हुम्ला
उद्धारका लागि खटिएका सुरक्षाकर्मी र स्थानीय । तस्बिरः जनक/हुम्ला
उद्धारका लागि खटिएका सुरक्षाकर्मी र स्थानीय । तस्बिरः जनक/हुम्ला
उद्धारका लागि खटिएका सुरक्षाकर्मी र स्थानीय । तस्बिरः जनक/हुम्ला
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App