४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

मुख्यमन्त्री पोखरेललाई लक्ष्य गरी फेरि बम विस्फोट !

रोल्पा - रोल्पाको त्रिवेणी गाउँपालिकाको जुगारमा मंगलबार बिहान ११ बजे पनि बम विस्फोट भएको छ। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल हिँडेको सडक नजिकै बम विस्फोट भएको हो।

तिला पर सडक नजिकै जंगलमा बम विस्फोट भएको प्रदेश ५ सभाका सांसद दीपेन्द्रकुमार पुनले जानकारी दिए। सदरमुकाम लिबाङबाट त्रिवेणी गाउँपालिकाको जुगारमा हुने नेकपाको आमसभामा सहभागी हुन मुख्यमन्त्री पोखरेल त्यसतर्फ जाँदै थिए। उक्त समयमा बम विस्फोटको भएको खबर आफूले पाएको प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले बताए।

तर, मुख्यमन्त्रीसँगे गएका रोल्पा प्रहरी प्रमुख डीएसपी दीपक खड्काले भने बम विस्फोट भएको बारे आफूलाई कुनै जानकारी नआएको बताए। भने, ‘सामान्य केही वस्तु पड्काएका होलान्, ठूलो केही होइन।

सोमबार पनि मुख्यमन्त्री पोखरेललाई लक्ष्य गरी रोल्पा सदरमुकाम लिबाङ नजिकै तित्रीकोट जंगल क्षेत्रमा विस्फोट भएको थियो। घटनाको जिम्मा नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपाले लिइसकेको छ।

प्रकाशित: १७ वैशाख २०७६ ०९:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App