१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भूकम्पको तीनवर्षपछि प्रबलीकरण सुरु

बनेपा – भूकम्पगएको करिब तीनवर्षपछि चर्केका घरको औपचारिक रूपमाप्रबलीकरण गर्ने कामसुरु भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजना र सहयोगीनिकाय युकेएआइडी, युएनओपिएस र ब्युल्ड चेन्जको सहयोगमाशुक्रबारदेखि काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ फलाँटेबाट सुरु भएको हो।

प्राधिकरणकाकार्यकारी अधिकृत सुशील ज्ञवालीले पुरानो घरलाई बलियो र सुरक्षितबनाउने कामप्रबलीकरणले गर्ने भएकाले यो कामसुरु गरिएको बताए।‘हिजो हाम्रो क्षतिहुनपुगेका ढुङ्गा, माटो र काठले बनाएका घरहरू केहीनयाँचिजहरू थपेर बनाएको खण्डमा भूकम्पप्रतिरोधी हुन्छन्,’उनले भने, ‘यसअघि इञ्जिनीयरहरूलाई पनि यससम्बन्धीअध्ययनगर्न समय लागेको कारणले गर्दाखेरी केही समय ढिला हुनगएको हो।’
उनले विभिन्न देशका विज्ञहरूसँग गरेको अध्ययन अनुसन्धान र परीक्षणबाट पास भएकाप्रविधिमार्फत यसलाई प्रयोगमाल्याइएको बताए। ‘बन्नलागेको घर कसरी बलियो बन्दोरहेछ हेर्नुहोस् र अरू स्थानीयबासिन्दाले पनि यसरी नै प्राविधिकबाट बलियो बनाउनलाग्नुहोस्,’कार्यकारी अधिकृत ज्ञवालीले भने, ‘नमुनाका रूपमाबन्नलागेको घरबाट अरूले पनिसिकेर जानेछन् र यसैबाट प्रशिक्षितभएकाप्राविधिकहरूले अरू घरहरू बनाउनेछन्।’

घर बनाउने मात्रै नभई यसलाई ज्ञान केन्द्रका रूपमा स्थापितगर्ने बताउँदै उनले दशहजार प्राविधिकनिर्माण गरेर काम अगाडि बढाउने र त्यसकालागिप्राधिकरणले निर्माण सामग्री, निर्माणकर्मी र रु एक लाखसम्मउपलब्ध गराउने जानकारी दिए। प्राधिकरण जिल्लाआयोजनाकार्यान्वयनएकाइ, काभ्रेपलाञ्चोककाप्रमुखलोकनाथ रेग्मीले अनौपचारिक रूपमा यसअघि पनि केहीएनजिओहरूले प्रबलीकरणको कार्य शुरु गरेको भएपनि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आयोजनामापहिलो पटक सुरु भएको बताए। नमोबुद्ध नगरपालिकाकाप्रमुख टंकप्रसादशर्मा तिमल्सिनाले प्रबलीकरणबाट बन्ने घरकालागिनमुनाका रूपमा अगाडि बढाउने बताए। इञ्जिनीयर श्रीकृष्ण श्रेष्ठले स्टो«ङ ब्याक फिटिङ विधिबाट प्रबलीकरणको कामगर्न लागेको बताए। ‘यस्तो विधिबाट कामगर्दा क्षतिकमहोस् भनेर बाहिरबाट बाँध्ने कामगरिएको छ,’उहाँले भने, ‘भित्रकामगर्ने बेलामा सुरक्षित महसुस हुन्छ।’

नमोबुद्ध नगरपालिका–५ फलाटेका राधा परियार र छत्रबहादुर परियारले भने, ‘भूकम्पले घर चर्केकाले बस्न डर मानीमानी बस्दै आएकाथियौं, अबप्रबलीकरण गर्ने भएपछि ढुक्क हुने भयौं।’ सो घरमा सातजनाको परिवार बस्दै आएको छ। ती सहयोगी संस्थाले भूकम्पअतिप्रभावित १४ जिल्लामा ११४ वटा र अन्य ३२ जिल्लामा एक हजार वटा घर प्रबलीकरण गरिने जनाएको छ।

प्रकाशित: १ वैशाख २०७६ ०२:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App