काठमाडाैं - यातायात व्यवस्था विभागका तत्कालिन महानिर्देशक चन्द्रमान श्रेष्ठ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। श्रेष्ठ हाल वन तथा वातावरण मन्त्रालयको सहसचिव पदमा कार्यरत रहेका छन्।
श्रेष्ठ पदमा वहाल रहँदा पदको दुरुपयोग गरी गैरकानुनी रुपमा स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको भेटिन आएकोमा अख्तियारले उनीविरुद्ध विशेषमा मुद्दा दायर गरेको हो। श्रेष्ठले सेवा सुरु गरेको मिति २०३८ साल माघ २८ गतेदेखि जाँच अवधिमा २ करोड १० लाख ७७ हजार ४ रुपैयाँ आर्जन गरेको देखिएकोमा सोहि अवधिमा विविध शिर्षकमा ३ करोड ४४ लाख ७७ हजार ५ सय ८० रुपैयाँ खर्च गरेको देखिंदा वैध आयको तुलनामा १ करोड ३४ लाख ५ सय ७६ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुलेको पाइएकोले उनीविरुद्ध मुद्दा दायर गरेकाे अख्तियारले जनाएको छ।
प्रकाशित: २५ पुस २०७५ ११:४१ बुधबार