१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

मारुती सुजुकीको एसएक्स-फोर

काठमाडौं, भदौ ३ (नागरिक)- मारुती सुजुकी कम्पनीको स्पोर्ट सेडान कार सुजुकी एसएक्स-फोर नेपाल भित्रिएको छ। नेपालका लागि मारुती सुजुकीको आधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गतको अरुण इन्टरकन्टिनेन्टलले सेडान समूहको कार बजारमा ल्याएको हो।

दुई हजार सिसी क्षमताको एसएक्स-फोर कार फ्रन्ट ह्विल ड्राइभ र चार ढोकाको सुविधायुक्त छ। चार सिलिन्डर जडान भएको इन्जिनले १ सय ४३ हर्सपावर र १ सय ३६ पाउन्ड फिट टर्क उत्पादन गर्छ। म्यानुअल पाँच स्पिड र स्वचालित फोर स्पिड ट्रान्समिसनमा चलाउन सकिने दुई खालका कार बजारमा पाइने छन्। यसको बनोट स्पोर्टी छ।

 

छ वटा एयरब्याग, टायर प्रेसर मोनिटर, एलएटिसिएच चाइल्ड सिट एन्कर्स, इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसनयुक्त एन्टिलक ब्रेक सिस्टम, ट्याक्सन् र एन्टि स्किड कन्ट्रोललगायत सुविधा कारमा छन्। आकर्षक बाहिरी बनोट र उत्कृष्ट डेकोरेसनले गाडीलाई राम्रो बनाएको कम्पनीको दाबी छ।

 

पाँच सिट क्षमताको कारमा ५० लिटरको इन्धन ट्याङ्की छ। २७ लाख ८८ हजार मूल्यको सेडान कार युवा पुस्ताका ग्राहकले बढी मन पराउने कम्पनीले जनाएको छ।

 

मोडेल : मारुती सुजुकी एसएक्स-फोर
क्षमता : २००० सिसी
मूल्य : २७ लाख ८८ हजार
इन्जिन ट्याङ्की : ५० लिटर
विशेषता : छ एयरब्याग, टायर प्रेसर मोनिटर, एन्टिलक ब्रेक, एन्टि स्किड कन्ट्रोललगायत

प्रकाशित: २ भाद्र २०६७ २१:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App