coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

फेवातालको सुन्दरताबारे सर्वोच्च अदालतले यसरी गर्‍यो व्याख्या

काठमाडौं- सर्वोच्च अदालतले सार्वजनिक गरेको फेवाताल मुद्दाको पूर्ण पैसलामा तालको सौन्दर्यबारे समेत व्याख्या गरिएको छ। प्रधानन्यायाधीश ओम प्रकाश मिश्र र सपना प्रधान मल्लले फैसला गरेको मुद्दाको पूर्णपाठमा भनिएको छ, 'फेवातालको प्राकृतिक सौन्दर्य, यसको वातावरणीय भूमिका, यससँग सम्बन्धित धार्मिक गन्तव्य स्थलहरूका कारणबाट नै पोखरा उपत्यकाको ख्याति नेपालमा मात्र नभई विश्‍वस्तरमा नै उल्लेख्‍य बनेको कुरामा विवाद छैन।' यसको दृश्यावलोकन गर्ने सर्वसाधारण जोसुकैले फेवातालको बहुआयामिक सौन्दर्य र महत्त्व अनुभूति गर्ने विषय भएको समेत फैसलामा छ। 'पोखरा उपत्यककाको पानीको असीम स्रोतको रूपमा अवस्थित यस तालमा असंख्य जलचर आस्रित रहेका छन् भने आन्तरिक र बाह्य पर्यटकहरू यस तालमा नौका शयर गर्न आउने हुँदा यो ताल पर्यटकीय गन्तव्यको उत्कृष्ट नमूना पनि हो', सर्वोच्चले भनेको छ।

फेवातालमा नकेवल पानीको भाग मात्र अवस्थित नभई यसको वरिपरि सिम,दलदल जमीन लगायतको ठूलो हिस्सा समेत रहेको हुँदा यो ताल सिमसार क्षेत्रको एउटा स्वरूप पनि भएको अदालतले भनेको छ।

अन्नपुर्णा हिम श्रृङ्‍खलाको आकर्षणको रूपमा अवस्थित माछापुच्छ्रे हिमाल लगायतको पोखरा उपत्यकाको प्राकृतिक सुन्दरतालाई फेवातालले आफ्नो सतहमा प्रतिविम्वित गर्ने भएकोले यसको अनूपम सुन्दरताको स्वादन गर्न हरेक व्यक्ति लालायित हुनु स्वाभाविक भएको फैसलामा उल्लेख छ।

सिमसारयुक्त तालहरूको वातावरणीय, आर्थिक, धार्मिक, साँस्कृतिक समेतका बहुआयामिक महत्व रहेको समेत सर्वोच्चले व्याख्या गरेकोछ। "प्राकृतिक रूपमा बनेका वा मानव निर्मित तालहरू प्रत्यक्ष रूपमा त्यहाँ वरिपरि बसोबास गर्ने वासिन्दा, जलचर, स्थलचर, जीवजन्तु लगायतको जीवनको आधारको रूपमा रहेको हुन्छ,' फैसलामा भनिएको छ, 'ताल तलैयाबाट मानव मात्रले लाभ पाउने नभई यसबाट अन्य विभिन्‍न जीवजन्तु, चराचुरुङ्गी तथा वनस्पतिको जीवनचक्र चलिरहेको हुन्छ। त्यसकारण फेवाताल लगायतका प्राकृतिक तालतलैयाहरूलाई केवल मानवको जीवनका लागि होइन, त्यस क्षेत्रमा आश्रित समग्र जीवजन्तु, वनस्पतिको अस्तित्त्वसँग सम्बन्धित पर्यावरणीय सन्तुलनको कडीको रूपमा बुझ्नुपर्ने देखिन्छ।' फेवातालले पोखरा उपत्यकाको समग्र मानव, जीवजन्तु, वनस्पतिको जीवनचक्र र अस्तित्त्वलाई सन्तुलनमा राखी जैविक विविधता र प्राकृतिक सौन्दर्यका साथै पर्यावरण चक्रको एउटा जीवन्त अवयवका रूपमा भूमिका खेलेको कुरामा कुनै विवाद भएको अदालतले भनेको छ।

फेवातालबारे नागरिकन्यूजले तयार पारेको भिडियो :

भौतिक हिसाबले सतही रूपमा हेर्दा समेत पोखरा उपत्यकामा अवस्थित फेवातालबाट त्यस वरिपरिको खेतियोग्य जमिनमा सिंचाइ सुविधा उपलब्ध भएको, सोही तालको पानीबाटै फेवा पावर हाउस निर्माण भई विद्युत उत्पादन भएको भन्‍ने देखिँदा यस तालको प्रकृतिक, पर्यटकीय, वातावरणीय महत्व मात्रै नभई स्थानीय वासिन्दाको आर्थिक विकासको आधारको रूपमा समेत रहेको देखिएको छ। त्यसैगरी फेवातालको पूर्वदक्षिण तर्फ बीचमा अवस्थित रहेको तालबाराही मन्दिर, सोही तालको दक्षिणतर्फको अग्लो डाँडामा रहेको वौद्ध स्तुपा, तालको उत्तरतर्फ रहेकोविन्दवासिनी मन्दिर र तालको उत्तरतर्फ माथिल्लो भूभागमा अवस्थित सराङकोट लगायतका धार्मिक र पर्यटकीय गन्तव्यहरूसमेत यसै तालको सौन्दर्यसँग एकाकार भई वर्षेनी लाखौं पर्यटक र तीर्थयात्रीहरूको आकर्षण केन्द्र बनेको फैसलामा भनिएको छ।

अन्नपुर्णा हिम श्रृङ्‍खलाको आकर्षणको रूपमा अवस्थित माछापुच्छ्रे हिमाल लगायतको पोखरा उपत्यकाको प्राकृतिक सुन्दरतालाई फेवातालले आफ्नो सतहमा प्रतिविम्वित गर्ने भएकोले यसको अनूपम सुन्दरताको स्वादन गर्न हरेक व्यक्ति लालायित हुनु स्वाभाविक भएको फैसलामा उल्लेख छ।

वर्तमान पुस्ताको एउटा प्रमुख जिम्मेवारी अन्तरवंशीय समन्यायको सिद्धान्त अनुसार आफूले भोगेको वा प्राप्त गरको सबै किसिमको प्राकृतिक, साँस्कृतिक सम्पदा, वन जङ्गल, हावापानी, वातावरण एवं जैविक विविधतालाई भावी पुस्ताको लागि सुनिश्चिजत गर्नु भएको फैसलामा भनिएको छ।

यस हिसाबले फेवातालको पर्यावरणीय, पर्यटकीय, साँस्कृतिक र धार्मिक महत्व सर्वथा उल्लेख्य रहेको सर्वोच्चले भनेको छ। 'फेवातालको किनारमा रहेको पोखरा शहरको मुख्य आर्कषण नै फेवाताललाई मानिन्छ। फेवातालको पानीमा देखिने माछापुच्छ्रे हिमालको प्रतिविम्ब विश्‍वभरका पर्यटकलाई पोखरामा ल्याउनेएउटा पर्यटन मिथक झैं सुविख्यात छ,' फैसलामा भनिएको छ, 'यसैकारण वर्षेनी लाखौं पर्यटकहरू पोखराको भ्रमण गर्दछन्। यिनै पर्यटकहरूको पोखरा बसाई एवं भ्रमणलाई सहजीकरण गर्ने उद्देश्यले पर्यटनमा आधारित विभिन्‍न व्यवसायबाट हजारौं मानिसहरूले रोजगारी प्राप्‍त गरेका छन् भने राज्यले समेत कर एवं विदेशी रकम आर्जन समेत गरेको छ।'

फेवाताल पोखरा उपत्यका एवं आसपासका क्षेत्रको लागि एउटा महत्वपूर्ण जलश्रोतको भन्डार मात्र नभई पर्यावरण सन्तुलन, पर्यटन, धर्म संस्कृति समेतको अजस्र निधि भएको सर्वोच्चले भनेको छ।

फेवातालको प्राकृतिक स्वरूप र क्षेत्रफलमा दिनानुदिन देखा परेको संकुचनलाई समयमै नियन्त्रण नगर्ने हो भने यो सुन्दर प्राकृतिक उपहार हामीले भावी पुस्तालाई हस्तान्तरण गर्न पाउने अवस्था समेत गुम्न जाने अदालतले बताएको छ। तालको अस्तित्व रक्षाका लागि राष्ट्रका सम्बन्धित निकायहरू समयमै सचेत र क्रियाशील हुनुपर्ने कुरामा समेत कुनै दुईमत हुन सक्दैन भन्दै सर्वोच्चले भनेको छ।

आफूले उपभोग गरिरहेको प्राकृतिक स्रोत साधनबाट वर्तमानको उचित पहुँच र आवश्यकता पुरा गर्दै भावी पुस्ताको लागि हस्तान्तरण गर्नको लागि त्यस्तो प्राकृतिक स्रोत साधन माथि हुने अनियन्त्रित दोहन रोक्नुका साथै प्राकृतिक रूपमा हुने क्षयीकरणलाई समेत नियन्त्रण गर्नु आवश्‍यक रहेको अदालतले स्पष्ट पारेको छ।

वर्तमान पुस्ताको एउटा प्रमुख जिम्मेवारी अन्तरवंशीय समन्यायको सिद्धान्त अनुसार आफूले भोगेको वा प्राप्त गरको सबै किसिमको प्राकृतिक, साँस्कृतिक सम्पदा, वन जङ्गल, हावापानी, वातावरण एवं जैविक विविधतालाई भावी पुस्ताको लागि सुनिश्चिजत गर्नु भएको फैसलामा भनिएको छ। 'प्राकृतिक रूपमा प्राप्तय गरेको माथि उल्लेख गरे अनुसारको आर्थिक, सामाजिक, साँकृतिक, पर्यावरणीय महत्व भएको फेवाताल भावी पुस्तालाई हस्तान्तरण गर्ने जिम्मेवारी वर्तमान पुस्ताको नै हो', फैसलामा प्रष्ट पारिएको छ।

सर्वोच्चले ६ महिना भित्र फेवातालको चार किल्ला कायम गर्न सरकारका नाममा आदेश दिइसकेको छ। यस्तै अदालतले व्यक्तिको नाममा दर्ता भएको तालको जमिन एक वर्ष भित्र वदर गरी तालकै नाममा ल्याउन समेत भनेको छ।

अधिवक्ता खगेन्द्र सुवेदीले २०६७ माघ १० गते दायर गरेको रिटको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै विश्विप्रकाश लामिछानेको अध्यक्षतामा फेवातालको अतिक्रमण भएको जग्गा छानविन गर्न गठित समितिले बुझाएको प्रतिवेदनमा उल्लेख भए अनुसार नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले आवश्यक निर्णय समेत गरी यो आदेश प्राप्त भएको मितिले ६ महिनाभित्र फेवातालको चार किल्ला कायम गर्नु गराउनु भनेको हो।

 

प्रकाशित: ९ मंसिर २०७५ ०८:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App