१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

सर्लाही घटनाः सहमति जुटेपछि सातौं दिनमा दाहसंस्कार

फाइल तस्बिर

सर्लाही- जिल्लाको दक्षिण पश्चिम क्षेत्र स्थित रामनगर गाउँपालिकाको बोहर्वा गाउँमा गत मंगलबार बिहान गोली लागि मृत्यु भएका नेपाली कांग्रेसका कार्यकर्ता रामविलास महतोको सातौं दिन सोमबार बिहान दाहसंस्कार गरिएको छ ।

सरकारले अधिकांश माग पूरा गरेकाले सोमबार बिहान आफन्तले मृतक महतोको शव बुझेर दाहसंस्कार गरेको कांग्रेस सर्लाहीका सभापति नागेन्द्रकुमार रायले जानकारी दिए । गतकात्तिक १३ गते मंगलबार गोली लागि मृत्यु भएका ५५ वर्षीय महतोको मनुष्मारा नदीमा दाहसंस्कार गरिएको हो। दाहसंस्कार अघि शवमाकांग्रेस नेताएवं क्षेत्र नं. ४ बाट निर्वाचित संघीय सांसद् डा. अमरेशकुमार सिंहले पार्टीको झण्डा ओडाएका थिए। 

आक्रमणमा संलग्न दोषिलाई पक्राउ गर्नुपर्ने, मृतकलाई शहिद घोषणा गर्नुपर्ने, घाईतेलाई निःशुल्क उपचार गर्नुपर्ने, मृतकका परिवार एवं अन्य क्षतिमा राहतउपलब्ध गराउनु पर्ने, अवैध हतियारहरु नियन्त्रणमा लिनुपर्नेलगायत माग पूरा नभएको भन्दै मृतकको शव जिल्ला अस्पतालबाट उठाईएको थिएन।

मृतकका परिवारलाई १० लाख रुपैंया दिने, घाईतेहरुलाई निःशुल्क उपचार व्यवस्थामिलाउने काम सरकारबाट भएको तथा घटनामा संलग्न दोषिलाई पक्राउगर्ने क्रम सुरु भएकाले पार्टीले तत्काललाई आन्दोलनको कार्यक्रमसमेत स्थगित गरिएको कांग्रेसले जनाएको छ। नेपालीहरुको महत्वपूर्ण दिपावली एवं छठ पर्व परेकाले हाललाई आन्दोलन स्थगित गरिएको र उक्तपर्वहरु सकिएपछि सम्पूर्ण मागहरु पूरा गराउनका लागि दोस्रो चरणको आन्दोलन घोषणा गरिने कांग्रेस सभापति रायले बताए।

रामनगर गापा–४, बोहर्वा गाउँमा दुइ पक्षबीच झडप हुँदा कांग्रेस कार्यकर्ता ५५ वर्षीय महतोको गोलीलागि मृत्यु भएको थियो । अघिल्लो दिन सोमबार कार्यालय जाँदै गर्दा बाटोमा एक समूहको कुटपीटबाट सोही वडाका वडाअध्यक्ष रामनरेश महतो गम्भिर घाईते भएकाथिए । वडाअध्यक्ष माथि मरणासन्न हुनेगरी कुटपीट गर्ने समूहले नै भोलीपल्ट मंगलबार बिहानै गाउँमा आएर बन्दुकसहित आक्रमण गरेको मृतकका आफन्त एवं घाईतेले बताउँदै आएका छन् । मृतक रामविलास वडाअध्यक्ष राम नरेशका काका हुन्।

गतबुधबार दिउँसो कांग्रेस केन्द्रीय उपसभापति विमलेन्द्र निधी, प्रवक्ता विश्वप्रकाशशर्मा, केन्द्रीय सदस्यआनन्द ढुंगाना, २ नं. प्रदेश अन्तर्गत ८ वटै जिल्लाका पार्टी सभापति सहित नेताहरुको सहभागितामा सदरमुकाममलंगवामाविरोध कार्यक्रम समेत गरेको थियो भने आईतबार सर्लाहीका सम्पूर्ण बजार एवं पूर्व–पश्चिम राजमार्गसमेत बन्दगरिएको थियो।

पक्राउ परेका यादव विरुद्ध म्याद थप

आक्रमणमा संलग्न भएको आरोपमा सर्लाही प्रहरीले एक जनालाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद लिएर कारबाही प्रकृया अगाडी बढाएको छ। रामनगर गाउँपालिका–४, बोहर्वा गाउँनिवासी उपेन्द्र यादवलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्धामा कारबाही प्रकृया अगाडी बढाईएको प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए । घटनामा संलग्न अन्यको खोजीकार्य भईरहेको पोखरेलले बताए। मृतकका आफन्त एवं घाईतेले २२ जना विरुद्ध कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएको प्रहरी स्रोतले जनाएको छ। 
घटनाबारे अनुसन्धानएवं छानविन गर्न गत बुधबार प्रहरी प्रधानकार्यालय ले गठन गरेको प्रहरी वरिष्ठ उपरीक्षक शेखर कोइराला नेतृत्वको ३ सदस्यीय छानविन समितिले विहिबारदेखि सरोकारवालाहरुसँग सोधपुछ सहितको छानविन सूरु गरिसकेको छ । त्यस्तै नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोबाटसमेत एक टोली घटनाको अनुसन्धानमा खटिएको प्रहरी स्रोतले जनायो ।

 

प्रकाशित: १९ कार्तिक २०७५ ०८:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App