८ वैशाख २०८१ शनिबार
समाज

जबरजस्ती करणीको अाराेपमा एक पक्राउ

गुल्मी- जबरजस्ती करणी गरेकाे अाराेपमा प्रहरीले एक जनालार्इ पक्राउ गरेकाे छ।

स्थानीय २० वर्षकी एक युवतीलाई जवरजस्ती करणी गरेकाे अाराेपमा इस्मा गाउँपालिका ३ का ३६ वर्षीय देवबहादुर सार्की पक्राउ परेकाे जिल्ला प्रहरी प्रमुख दिपक कुमार बस्नेतले जानकारी दिए।

मानसिक सन्तुलन ठिक नभएकी युवतीलाई पैसाकाे प्रलोभन देखाएर छिमेकी दुर्गा वहादुर विककाे घरमा काेही नभएको माैका छाेपेर जवरजस्ती गरेकाे बताइएको छ। सार्कीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाइएकाे प्रहरी चाैकी ईस्माले जनाएकाे छ।

प्रकाशित: ३१ आश्विन २०७५ ०४:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App