१९ भाद्र २०८३ शुक्रबार
image/svg+xml
समाज

कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीबाट कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। 

कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले बाढीमा २०४ जना बेपत्ता, ३० जना सम्पर्कमा आएका, एक जनाको मृत्यु भएको, एक जना घाइेत भएको र १२ जनाको उद्धार भएको बताए। 

उनले झापाका १४, इलामका १२, पाँचथरका एक, ताप्लेजुङका पाँच, मोरङका १८, सुनसरीका २१, धनकुटाका दुई, सङ्खुवासभाका तीन, भोजपुरका, तीन उदयपुरका २१, ओखलुढुङ्गाका ४८, खोटाङका ११ जना र सोलुखुम्बुका ४५ व्यक्ति बाढीमा परी बेपत्ता भएका थिए।  

प्रकाशित: १९ भाद्र २०८३ १६:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App