२० मंसिर २०८२ शनिबार
image/svg+xml
समाज

तोडफोड र आगजनीमा संलग्न १६ जना नियन्त्रणमा

जेन–जी आन्दोलन स्थगित भएको अवस्थामा समेत बिजयनगर गाउँपालिमा तोडफोड र आगजनी गरेको आरोपमा १६ जना पक्राउ परेका छन्।

उनीहरुले जनप्रतिनिधिका कुर्सी, नेमप्लेटलगायत सामग्री कार्यालयबाहिर ल्याई तोडफोड तथा आगजनी गरको थिए। तोडफोडको आरोपमा स्थानीय १६ जनालाई नियन्त्रणमा लिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताए।

कार्यालयमा क्षति हुन नदिन प्रहरीले तत्कालै हस्तक्षेप गरी युवाहरूलाई नियन्त्रणमा लिएको बताए। थप अप्रिय घटना हुन नदिन सुरक्षा कडाइ गरिएको प्रजिअ तामाङले बताए। यस्तै जिल्लामा शान्ति सुरक्षा कायम गर्न जिल्लाभर बुधबार साँझ ५ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी गरिएको छ।

प्रकाशित: २५ भाद्र २०८२ १९:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App