मकवानपुरको बागमती गाउँपालिका–४ हरामी चोकस्थित मदन भण्डारी लोकमार्गमा आज बिहान सवारी दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।
बिहान करिब ६ः४५ बजे सिन्धुलीबाट हेटौंडातर्फ आउँदै गरेको म.प्र.०२–००१ ज ००७२ नम्बरको इभि गाडीले भित्रि बाटोबाट हाईवेमा निस्कँदै गरेको ना ५ प ५५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करपछि इभि गाडी अनियन्त्रित भई करिब १५ फिट तल खोल्सीमा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा इभि गाडीमा सवार र मोटरसाइकल चालकसहित १६ जना घाइते भएका छन्। घाइते सबैलाई प्रहरी टोलीले उद्धार गरी उपचारका लागि स्थानीय साम्भि पोलिक्लिनिक तथा सहकारी अस्पतालमा पठाइएको हो।
प्रहरीका अनुसार घटनास्थलमा तत्काल गम्भीर घाइते भने देखिएको छैन। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रकाशित: २१ आश्विन २०८२ ०९:३० मंगलबार





