काठमाडौं – २४ औं विश्व आदिवासी जनजाति दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईँदैछ।
संयुक्त राष्ट्रसंघको आह्वानमा रहेक वर्ष अगस्ट ९ का दिन यो दिवस मनाउने गरिन्छ। सन १९९४ मा संयुक्त राष्ट्रसंघले हरेक बर्षको अगष्ट ९ लाई अन्तराष्ट्रिय आदिवासी दिवसका रुपमा मनाउने निर्णय गरेपछि नेपालमा पनि प्रत्येक बर्ष यो दिवस मनाउन थालिएको हो ।
दिवसको अवसरमा नेपालमा आदिवासी समूदायको हक अधिकारको क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाहरूले विभिन्न कार्यक्रम गरिरहेका छन्।
प्रकाशित: २४ श्रावण २०७५ ०६:२९ बिहीबार