६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

रोल्पा सदरमुकाम प्रहरी निगरानीमा

सिसिटिभी क्यामेरामा देखिएको दृष्य। तस्बिर : दिनेश/नागरिक

रोल्पा – रोल्पा सदरमुकाम लिबाङ बजार क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गरिएको छ। क्यामराको कन्ट्रोल र निगरानि जिल्ला प्रहरी कार्यालयले गर्ने छ।

रोल्पा प्रहरीका अनुसार बजारमा हुने विकृति तथा अपराधलाई केन्द्रविन्दुमा राख्दै बजार क्षेत्रका १० स्थानमा सीसीक्यामेरा जडान गरिएको हो।

टुँडिखेल आसपासमा ३ वटा, जनता बैंक अगाडि १ वटा, लोकतान्त्रिक चोक अगाडि १ वटा, बिच बजारमा १ वटा, पिपल चौतारामा १, सात्तालेमा १, सिवालय मन्दिर नजिक १ र जिल्ला प्रशासन जाने गेट निर १ गरी १० वटा क्यामरा जडान गरिएको छ। बजार क्षेत्रका ४ वटा  पिटिजेड अर्थात प्रहरी कन्ट्रोल रुमबाट चारै तिर घुमाउन मिल्ने र ६ वटा एक साइड क्यामेरा जडान गरिएको छ। रोल्पा प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्र प्रसाद फुयालका अनुसार ति क्यामराहरु नाइटभिजन समेत रहेका छन्।

रोल्पा नगरपालिका, रोल्पा उद्योग बाणिव्य संघ, बैंक लगाएतको आर्थिक पहलमा क्यामरा जडान गरिएको हो। जडान समिति तयार गरेर करिब ११ लाखमा लागतमा क्यामरा जडान गरिएको हो । बजारक्षेत्रलाई व्यवस्थित गर्न योे काम गरिएको नगरप्रमुख पूर्ण केसीले वताए। क्यामराको निगरानीपछि बिकृति तथा अपराधिक गतिविधि रोकिने आशा गरिएको छ।

प्रकाशित: २२ श्रावण २०७५ ०४:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App