७ वैशाख २०८१ शुक्रबार
समाज

रेडपाण्डा संरक्षणमा जनप्रतिनिधि जागरुप बन्दै

जैविक विविधताको संरक्षण सम्बन्धि कार्याशालमा सहभागी जनप्रतिनिधि तथा अन्य सरोकारवाला।    तस्बिरः गिरिराज/नागरिक

पाँचथर – स्थानीय सरकारका जनप्रतिनिधिले रेडपाण्डा संरक्षणका लागि चासो देखाएका छन्। रेडपाण्डा पाइने पाँचथरका फिदिम नगरपालिका, फालेलुङ र याङवरक गाउँपालिकाका जनप्रतिनिधिले चासो तथा संरक्षणका लागि पहल गर्ने गरी कार्ययोजना बनाउन तयार भएका छन्। 

वनक्षेत्रको संरक्षण गर्दै रेडपाण्डा लगायतका बन्यजन्तु जोगाउनका लागी नीति निर्माण तथा बजेट व्यवस्थापन गर्ने गरी जनप्रनिधिहरू तयार भएका हुन। जैविक विविधताको संरक्षणमा स्थानीय तहको भुमिका नामक कार्यशालामा सहभागी जनप्रतिनिधिले संरक्षणमा क्रियाशिल संघ संस्था, वन कार्यालय, सामुदायिक वन लगायतसँग मिलेर रेडपाण्डा जोगाउने अभियानमा सक्रिय बन्ने जनप्रतिनिधिहरूको भनाई रहेको थियो। 

रेडपाण्डा संरक्षणका लागि वन वातावरणको संरक्षण, वनप्रतिको निर्भरता घटाउने, सचेतनामुलक कार्यक्रम सञ्चालन गर्न आवश्यक देखिएको छ। पाँचथर सहित छिमेकी जिल्ला इलाम, ताप्लेजुङलाई पीआइटी करीडोर मानेर समुदायमा आधारीत रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालन भइहेको छ। यही कार्यक्रम अन्र्तगत रेडपाण्डा नेटवर्क र दिपज्योती युवा क्लबले जनप्रतिनिधिहरूलाई रेडपाण्डा संरक्षणका लागि सचेत गराएको हो।

दुई दिनसम्मको कार्यशालामा सहभागी भएका जनप्रतिनिधिहरूले यसअघिदेखिनै रेडपाण्डा सहित जैविक विविधताको संरक्षणका लागि कार्यक्रमहरू अघि सारेको बताए। ‘रेडपाण्डा लगायतका वन्यजन्तु हाम्रा सम्पती हुन त्यसैले जैविक विविधिताको संरक्षण, पर्यटन प्रवद्र्धनमा लागिरहेका छौँ’ फालेलुङ गाउँपालिकाका प्रमुख सञ्चकुमार केरुङले भने ‘हामी सबै मिलेर वन वातावरण जोगाउन सक्यौँ भने भोलिका पुस्तालाई सहज हुन्छ।’ 

कार्यशालामा तीनै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, वडाध्यक्षसहित अन्य सरोकारवालाहरूको सहभागिता थियो। जैविक विविधता जोगाउन सके रेडपाण्डा संरक्षणमा हुने भएकाले जनप्रतिधिहरूलाई सचेतना जगाउदै मिलेर काम गर्ने प्रयास गरिएको क्लबका कार्यकारी निर्देशक सुनिल वान्तावाले बताए। रेडपाण्डा संकटापूर्ण बन्यजन्तुको रुपमा रहेको छ।

बन विनास, आहाराको अभाव, चोरी निकासी जस्ता कारणले रेडपाण्डा लोप हुने अवस्थामा छ। लजालु किसिमको रेडपाण्डा फिदिम नगरपालिकको लुङरुपा, फालेलुङ गाउँपालिकाको सिदिन, मेमेङ प्राङबुङ र याङवरक गाँउपालिकाको च्याङथापु र फलैचामा पाइने गरेको अध्यनले देखाएको छ।

प्रकाशित: १२ श्रावण २०७५ ०५:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App