coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अवैध हातहतियारसहित ५ जना सार्वजनिक

संखुवासभा– संखुवासभा प्रहरीले जेठ ३० गतेदेखि असार १८ सम्म बरामद गरेको हातहतियार र गोलीसहित ५ जनालाई सार्वजनिक गरेको छ। उनीहरुलाई बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो। सिलिचोेङ गाउँपालिका ५ वातेम्बाका केदार राई, चिचिला गाउँपालिका २ का सुरेन्द्र राई, सिलिचोङ ४ का पूर्णकुमार राई, सोही वडाका सूर्यबहादुर राई र भारत बिहारका मोहम्मद मुन्ना खानलाई हतियार सहित सार्वजनिक गरिएको हो। 

केदारलाई गत जेष्ठ ३० गते खाँदबारी नगरपालिका ३ मानेभञ्ज्याङ स्थित बसपार्कबाट को ३१ प ९५४४ नम्बरको एफ जेड एस मोटरसाइकल सहित ७६५७ राउण्ड इन युएसए लेखिएको पेस्तोल थान १, १४ राउण्ड गोली र २ थान म्यागजिन सहित पक्राउ गरिएको थियो। नीजलाई अनुसन्धानको क्रममा भारत बिहार राज्य अत्तरियाका मुन्ना खान भनीने मोहम्मद मुन्ना अन्सुरीबाट उक्त पेस्तोल खरीद गरेको खुलेको थियो। खानलाई असार १८ गते बिराटनगरबाट पक्राउ गरिएको थियो।

उनीहरु माथि भएको अनुसन्धानको क्रममा सुरेन्द्र र पुर्णकुमार राईले थ्रीनट थ्री राइफल २ थान, कटुवा पेस्तोल १ थान, त्यसमा प्रयोग गरिने गोलीहरु र बिस्फोटक पदार्थ सहित लुकाएर राखेको भन्ने खुल्नमा आएको थियो। सोही क्रममा सुरेन्द्र राईलाई असार ९ गते पक्राउ गरिएको थियो। पूर्ण कुमारलाई असार १३ गते पक्राउ गरिएको थियो। उनले लुकाएर राखेको राईफलको १० थान गोली, गोलीको खोका भित्र राखिएको बिस्फोटक पदार्थ, तार जडित डेटोनेटर, त्यसको खाली कभर २ थान, एन्टेना जोडिएको सेतो रंगको रिमोट प्रहरीले बरामद गरेको थियो। 

केदार राईलाई थप अनुसन्धानको क्रममा भरुवा बन्दुक १ थान र त्यसमा प्रयोग हुने बारुद, सोडा, गन्धक र १७ राउन्ड गोलि फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक श्याम कुमार सारु मगरले बताए। बरामद गरिएका हात हतियारहरु केका लागि प्रयोग गर्न लागिएको हो भन्ने कुराको अनुसन्धान भइरहेको मगरले बताए। अरुण तेस्रो जल विद्युत परियोजनालाई लक्षित गरी भएको पटकपटकको बम आक्रमण पछी बढाइएको सुरक्षा निगरानीका क्रममा उनीहरु पक्राउ परेका हुन्।

प्रकाशित: २१ असार २०७५ १५:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App