१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दुम्सी बस्ने दुलोमा फसेका ६ जनाको उद्धार

संखुवासभा, असार १४ –संखुवासभाको चैनपुर नगरपालिका–६ भञ्ज्याङखर्कमा दुम्सी बस्ने दुलोभित्र पसेर बेहोस भएका ६ जनाको उद्धार गरिएको छ। बिहीबार बिहान दुलोभित्र दुम्सी खोज्न गएका दिलबहादुर तामाङ, बुद्धिमाया तामाङ, सुरज तामाङ, अमृत तामाङ, अनिल तामाङ र रामबहादुर तामाङ् बेहोस भएका थिए। 

सबैभन्दा पहिले पसेका राम बहादुरलाई साडे ५ घण्टापछि बेहोस अवस्थामा उद्धार गरिएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक हेमन्तविक्रम राणाले जानकारी दिए। रामबहादुर, महेश र जितमानले घर नजिकै दुम्सी बस्ने गरेको थाहा पाएपछी बुधबार साँझ दुलोमा धुँवा लगाएर दुलो बन्द गरेका थिए। बिहीबार बिहान साढे ५ बजे १७ वर्षीय राम बहादुर दुम्सी खोज्न दुलोभित्र पसेका थिए।

उनी बाहिर ननिस्किए पछि उनकी सानीआमा बुद्धिमाया पनि खोज्नका लागि दुलोभित्र पसेकी थिइन्। उनीहरु दुबै जना बाहिर ननिस्किए पछि उनीहरुलाई खोज्न अनिल, अमृत, सुरज र दिलबहादुर दुलोभित्र पसेका थिए। सशस्त्र प्रहरी, प्रहरी र स्थानीयको सहयोगमा उनीहरुको उद्धार गरिएको छ। घाइतेहरुको तुम्लिङटारमा रहेको मनकामना अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: १४ असार २०७५ ०६:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App