१५ चैत्र २०८० बिहीबार
समाज

गाउँमै सरकारी सेवा पाएपछि स्थानीयलाई राहत

शिबिरमा १०२ वर्षीय वृद्धको हातबाट नागरिकता बुझ्दै मुना घर्ती।   तस्बिर : अर्जुन/नागरिक

अर्घाखाँची – अर्घाखाँचीको सितगंगा नगरपालिका ११ मौवाबारीकी मुना घर्तीलाई  नागरिकता बनाउने पिरलोले सताउँथ्यो। एक–दुई दिन भित्र जिल्ला प्रशासन कार्यालयमा गएर नागरिकता बनाउने उनको योजना थियो। तर गाउँमै आएको घुम्ती शिबिरबाट नागरिकता बनाउन पाउँदा उनी निकै खुसी भइन।

कहिले नागरिकता बन्ला भन्ने लागेको थियो’ उनले भनिन, ‘यति सहजै नागरिकता बन्छ भन्ने सोँचेकी पनि थिइन।’ ‘सन्धिखर्कसम्म पुग्ने खर्च जोगियो’ उनले थपिन, ‘सयमको पनि वचत भयो।’ उनलाई १०२ वर्षीय वृद्ध रुकबहादुर पल्ली, सहायक प्रमुख जिल्ला अधिकारी शंकर भुसाल र जिल्ला समन्वय समितिका उपप्रमुख ऋषिबहादुर पुलामीले संयुक्त रुपमा नागरिकता प्रदान गरे। प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको नेतृत्वमा विभिन्न कार्यालयका प्रमुखहरूले समेत शिबिरमा सेवा दिए। 

शिबिरमा मुना जस्ता धेरै युवा÷युवतीहरूले नागरिकता बनाए। उमेर पुगेरपनि नागरिकता लिनबाट बञ्चित बनेकाहरूलाई शिबिरले राहत दिलायो। उनीहरूले नागरिकता मात्र बनाएनन् , मतदाता नामावलीमा समेत नाम दर्ता  गरा । ‘अब आउने निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न पाइनेभयो’ स्थानीय युवा सरोज आलेले भने, ‘एकैपटक दुई ओटा काम गर्न पाइयो।’
जिल्लाको सबैभन्दा विकट मानिने सितगंगा नगरपालिकाका ३  वटा वडामा  ३ दिनसम्म शिबिर सञ्चालन गरियो। सितगंगा नगरपालिका वडा नं.८ को लाहापे, ११ को मौवाबारी, र १४ को पावरमा शिबिर सञ्चालन गरिएको हो। शिबिरमा जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने नागरिकता सेवा, नामथर प्रमाणित र सिफारिस सेवा प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भुसालले बताए। ३ वडाबाट ४ सय जनाले नागरिकता लिए। करिब ६ सय जनाले स्वास्थ्य जाँच गराए।

प्रकाशित: ३१ जेष्ठ २०७५ १०:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App