१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

सप्तकोशी ब्यारेजका १५ वटा ढोका खोलियो

शनिबार बिहानैदेखि परेको अबिरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह बढेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार सप्तरी र सुनसरीको बीचमा रहेको सप्तकोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड एक लाख नौ हजार ३६० क्युसेक पुगेको छ।

पानीको बहाव बढ्न थालेपछि कोशी ब्यारेजका ५६ ढोकामध्ये शनिबार रातिसम्म १५ वटा ढोका खोलिएका छन्। शनिबार दिउँसो पानीको बहाव एक लाख दुई हजार ३५ क्युसेक थियो।

साथै तराई मधेस र पूर्वी पहाडी जिल्लामा भइरहेको अविरल वर्षाका कारण पानीको बहाव अझै बढ्न सक्ने अनुमान गरिएको छ। स्थानीय प्रशासनले कोशी ब्यारेज आसपास बस्नेहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित: १९ आश्विन २०८२ ०६:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App