१३ पुस २०८२ आइतबार
image/svg+xml
समाज

बेशीशहर-मनाङ खण्डमा राति गाडी चलाउन नपाइने

फाइल तस्बिर।

जिल्ला प्रशासन कार्यालय, लमजुङले भोलि (असार २५ गते) देखि बेसीशहर-मनाङ सडकखण्डमा रात्रिकालीन समयमा सवारी साधन सञ्चालनमा रोक लगाउने भएको छ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी विज्ञान पौडेलले मनसुनजन्य विपद् र पहिरोको जोखिमलाई न्यूनीकरण गर्न साउन मसान्तसम्मका लागि यो निर्णय लागू गरिएको जानकारी दिए।

जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले डुम्रे-बेसीशहर-चामे सडकखण्ड अन्तर्गत पर्ने बेसीशहरदेखि मनाङ जिल्लाको सिमानासम्मको भागमा सवारी आवतजावतमा रोक लगाउने निर्णय गरेको हो।

निर्णयअनुसार, भोलिदेखि आगामी साउन मसान्तसम्म हरेक दिन साँझ ७:०० बजेदेखि बिहान ५:०० बजेसम्म अत्यावश्यक सेवाका सवारी साधनबाहेक अन्य सबै प्रकारका सवारी साधनको आवतजावत पूर्ण रूपमा बन्द रहनेछ।

प्रशासनले मनसुनको समयमा यस सडकखण्डमा हुनसक्ने सम्भावित जनधनको क्षतिलाई रोक्न यस्तो निर्णय लिनुपरेको जनाएको छ।

प्रकाशित: २४ असार २०८२ १८:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App