छिमेकी राष्ट्र चीनतर्फ अबिरल वर्षाका कारण भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवाको टिमुरे क्षेत्रमा ठुलो क्षति गरेको छ।
बाढीमा फसेका ५५ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामा चार जना महिला र ५१ जना पुरुष रहेको प्रहरीले जनाएको छ।
अझै बाढीमा परी १८ जना बेपत्ता भएका छन् भने १०० भन्दा बढी गाडी बगाएको छ।
प्रकाशित: २४ असार २०८२ १५:२० मंगलबार





