कपिलवस्तुको कृष्णनगर नगरपालिकामा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
कृष्णनगर नगरपालिका-११, झिङहाका ५५ वर्षीय बेचन तेलीको शनिबार साँझ करेन्ट लागेर ज्यान गएको हो।
इलाका प्रहरी कार्यालय, गणेशपुरका अनुसार, शनिबार साँझ करिब ६ बजे आफ्नै घरमा पानी तान्ने मोटर सञ्चालन गर्ने क्रममा तेलीलाई करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि शिवराज अस्पताल, बहादुरगन्ज लगिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले जानकारी दिए।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रकाशित: २१ असार २०८२ २१:०६ शनिबार