१ वैशाख २०८३ मंगलबार
image/svg+xml
समाज

मकवानपुरमा खोलाले बगाउँदा एक पुरुषको मृत्यु

मकवानपुरको भिमफेदी गाउँपालिकामा खोलाले बगाउँदा वीरगन्जका एक पुरुषको मृत्यु भएको छ।

साथीहरूसँग पिकनिक खान आएका वीरगन्ज महानगरपालिका-५ का करिब ४५/५० वर्षीय पुरुषोत्तम शर्माको शनिबार दिउँसो टौवास खोलाले बगाएर ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार शर्मा र उनका साथीहरू वीरगन्जबाट विद्युतीय गाडी रिजर्भ गरेर भिमफेदी-१ स्थित टौवासमा पिकनिक खान आएका थिए।

दिउँसो करिब ३:१५ बजेतिर ४/५ जनाको समूह टौवास खोलामा नुहाउने र तर्ने क्रममा एक्कासि पानीको बहाव बढेको थियो।

बढेको खोलाले शर्मालाई बगाएर लगेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी भैसेबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर खोजी गर्दा उनलाई करिब ४०० मिटर तल मृत अवस्थामा फेला पारेको थियो।

प्रहरीले घटनास्थललाई सुरक्षित राखी थप अनुसन्धान तथा मुचुल्का कार्यका लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुरबाट प्रहरी निरीक्षक विश्वम्भर नाथ साहको कमान्डमा टोली खटाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: २१ असार २०८२ १६:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App