१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

एक करोड बढीमा बन्यो आधुनिक वडा कार्यालय भवन

रघुगङ्गा गाउँपालिका-१ बेगमा एक करोड पाँच लाख लागतमा वडा कार्यालय भवन बनेको छ।

दुई तला नौ कोठा भएको भूकम्पप्रतिरोधी भवन बनेको हो। रघुगङ्गा गाउँपालिका-१ का वडाध्यक्ष विलप्रसाद फगामीले एक करोड पाँच लाख लागतमा भवन बनेको जानकारी दिए।

‘आर्थिक वर्ष २०८०/०८१ मा ५० लाख र २०८१/०८२ मा ५५ लाख बजेट विनियोजन भएको वडा कार्यालय भवन योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन भएको हो,’ उनले भने, ‘चालु वर्षमा विनियोजन भएको बजेटबाट तला थपेर सभाहल बनाउने योजना छ। नयाँ आर्थिक वर्षदेखि भवनबाट सेवा सञ्चालन गर्ने तयारी गरेका छौं।’

साविक बेग गाविसको नाममा रहेको दुई रोपनी र स्थानीय हितमान फगामीले दान गरेको दुई आना तीन पैसा क्षेत्रफलमा भवन बनेको वडाध्यक्ष फगामीले बताए।

आठ वटा वडा रहेको रघुगङ्गाको यसअघि वडा नं ५ झिँ, वडा नं २ भगवती, वडा नं ६ पाखापानीको कार्यालय भवन बनेको थियो। वडा नं ३ पिप्ले, वडा नं ४ दग्नाम र वडा नं ८ कुइनेमङ्गलेको वडा कार्यालय पुराना भवनबाट सञ्चालित छ। मौवाफाँटमा गाउँपालिकाको प्रशासनिक भवन निर्माण सुरु भएको छ। रासस

प्रकाशित: २० असार २०८२ ०९:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App