२६ असार २०८२ बिहीबार
image/svg+xml
समाज

काठमाडौंबाट ३० हजार थान औषधिजन्य लागुऔषध बरामद

फाइल तस्बिर

नेपाल प्रहरीले एकै पटक ३० हजार थान औषधिजन्य लागुऔषध बरामद गरेको छ । तीन दिन अघि काठमाडौं उपत्यकाबाट ३० हजार थान औषधि जन्य लागुऔषध बरामद गरेको हो ।

नेपाल प्रहरीले देशभरबाट औषधिजन्य लागुऔषध नियन्त्रणको पहल गरिरहेका बेला काठमाडौं उपत्यकाबाटै एक जना व्यक्तिबाट ३० हजार थान औषधिजन्य लागुऔषध बरामद गरेको हो । नेपाल प्रहरीले यो विषयलाई गोप्य राखेको छ ।

‘केही दिन अघि एक व्यक्तिसहित ३० हजार थान औषधिजन्य लागुऔषध बरामद भएको छ, भारतबाट आयत भएको देखिन्छ, यसको मुख्य कारोबारी नेपाली होइन भन्ने लागेर अन्य व्यक्तिहरूको पनि संलग्नताबारे खोजिरहेका कारण यसलाई बाहिर नल्याइएको हो’, एक प्रहरी अधिकृतले भने ।

लागु औषध प्रयोगकर्ताका अनुसार सीमावर्ती भारतीय बजारबाट लागु औषधका तस्कर र दुर्व्यसनीले नेपाल ल्याउने गरेका छन् । भारतीय बजारमा ब्राउन सुगर, स्पास्मो, नाइट्रोसन, टिडिजेसिक फेनारगन, फेन्साडिल, डाइजेपाम, नुफिन, लुपिजेसिकजस्ता औषधिजन्य लागुऔषध सस्तो मूल्यमा बिक्री हुन्छ ।

भारतीय बजारमा सस्तोमा सजिलै किन्न पाइने तीनै नसाजन्य औषधि र ब्राउन सुगर तस्करले प्रहरीको आँखा छलेर सीमा सहायक नाका तथा खुला स्थानबाट नेपाल नेपालबाट पनि ठुलो परिमाणमा गाँजा र चरेस भारतीय बजारमा पुग्छ।

लागु औषधका तस्करहरूले सीमा क्षेत्रका बेरोजगार युवा, दुर्व्यसनी तथा मेला मजदुरी गर्नेहरूलाई प्रलोभनमा पारेर लागुऔषध तस्करीमा लगाउने गरेको र उनीहरुले नेपाली बजारसम्म ल्याउन गरेको सुरक्षाकर्मीहरूको भनाई छ । 

केही समयअघि भरिया बनाइएकाहरूलाई नेपाल प्रहरीले धमाधम पक्राउ गर्न थालेपछि भारतीय बिक्रेताले आफ्ना एजेन्टमार्फत लागु औषधलाई सीमा क्षेत्र कटाइदिन थालेका छन् । कतिपय एजेन्टले त विगतदेखि नै नेपाल–भारत दुवैतिर लाइन मिलाएरै तस्करी गर्ने गरेको प्रहरीको दाबी छ ।

लागु औषधको धन्दा चलाएकाहरूको पहिलो टार्गेट स्कुल कलेज पढ्ने युवायुवती हुने गरेका छन् । लागुऔषध नियन्त्रणमा सङ्लन प्रहरी अधिकृतका अनुसार नेपालमा खपत हुने लागुऔषधमध्ये ८० प्रतिशत भारतबाट आउने गर्छ । खुला सिमानाको फाइदा उठाउँदै तस्करहरूले सीमा नाकाबाट ल्याउने गरेको छन्।

प्रकाशित: १९ असार २०८२ १८:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App