ललितपुरको धोविघाटस्थित सनराइज कोलनीभित्र गइरहेको एउटा इभी कारले ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन् ।
मंगलबार अपराह्न ४ बजेतिर कोलनीभित्र गइरहेको कारले ठक्कर दिँदा पैदल यात्री बर्दिया घर भएकी उषा भुजेल , ललितपुर महानगरपालिका ३ बस्ने पुनम शाह गम्भीर घाइते भएका छन् ।
उषा भुजेलको यतिबेला पाटन अस्पतालमा उपचार भइरहेको छ भने शाहको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । उनीहरु दुवैको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक गिरीका अनुसार बाग्मती प्रदेश ०१, ०२५ प ७२९६नम्बरको कारले ठक्कर दिएको हो । कार धनी र चालक सरार्जन केसी फरार रहेका छन् ।
‘ट्राफिक प्रहरीले दुर्घटना गराउने कार नियन्त्रणमा लिँदा कार चालक र धनी उनै सरार्जन केसी देखिएको छ’, प्रवक्ता एसपी गिरीले भने । सो कारले एउटा स्कुटर र निजी निवासका गमला पर्खालमा पनि क्षति पुर्याएको थियो । स्कुटर भने धनी श्रीराम थालाई जिम्मा लगाएको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रकाशित: १९ असार २०८२ १४:०१ बिहीबार





