१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

आगलागीबाट प्रभावितलाई राहत वितरण

नेपाल-भारत मैत्री सङ्घले बाजुराको बूढीगङ्गा नगरपालिका-६ बाम्का बजारमा गत जेठ २३ गते भएको आगलागीबाट प्रभावित ४० घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ।

सुदूरपश्चिम प्रदेश मैत्री सङ्घको समन्वयमा पीडित परिवारलाई खाद्यान्न र अत्यावश्यक सामग्री बुधबार प्रदान गरिएको सङ्घका केन्द्रीय उपाध्यक्ष हरिशंकर ठाकुरले बताए।

वडाध्यक्ष भवनसिंह केसीको उपस्थितिमा प्रत्येक परिवारलाई एक बोरा चामल, दुई केजी दाल, एक केजी चिनी, एक दर्जन नुहाउने साबुन, सरफ एक प्याकेट, कम्बल एक थान र त्रिपाल एक थान प्रदान गरिएको उपाध्यक्ष ठाकुरले बताए।

विपत्तिपछि प्रभावित परिवारको दैनिक जीवन सहज बनोस् भन्ने उद्देश्यसहित राहत सामग्री सहयोग गरिएको सङ्घले जनाएको छ।

प्रकाशित: १९ असार २०८२ १३:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App