१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

सर्लाहीमा पोखरी खन्दा शिवलिङ्ग भेटिएपछि..

<br>

सर्लाहीको बरहथवा नगरपालिका-९, मूर्तियास्थित एक सामुदायिक वनभित्र पोखरी खन्ने क्रममा शिवलिङ्ग फेला परेको छ।

हरिपुरस्थित मुक्तेश्वरनाथ सामुदायिक वनभित्र शिवलिङ्ग भेटिएपछि स्थानीयवासीले पूजाआजा सुरु गरेका छन्।

स्थानीयका अनुसार, सामान्यभन्दा फरक किसिमको देखिने उक्त शिवलिङ्ग फेला परेपछि त्यस क्षेत्रमा धार्मिक चहलपहल बढेको छ।

स्थानीयहरूले धार्मिक अनुष्ठान, भजनकीर्तन र पूजापाठ सुरु गरेका छन् भने दैनिक सयौँ श्रद्धालु दर्शनका लागि पुग्न थालेका छन्।

मुक्तेश्वरनाथ सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रभित्र करिब डेढ किलोमिटर भित्र पोखरी उत्खनन भइरहँदा अचानक शिवलिङ्ग फेला परेकोमा आश्चर्य व्यक्त गरेको छ।

समूहले उक्त शिवलिङ्गको संरक्षण तथा व्यवस्थापनका लागि योजना बनाउन थालेको जानकारी दिएको छ।

आसन्न साउन महिनामा उक्त स्थानमा मेला लगाउने तयारी भइरहेको स्थानीयले बताएका छन्।

प्राकृतिक रूपमा शिवलिङ्ग उत्पत्ति भएको यस स्थानलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न सकिने उनीहरूको विश्वास छ।

स्थानीयवासीले शिवलिङ्गको संरक्षण गर्दै त्यहाँ मन्दिर निर्माण गर्ने योजना समेत बनाइरहेका छन्।

प्रकाशित: १८ असार २०८२ १९:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App