१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

चालीस लाखको चिनी खाल्डो खनेर पुरियो

नवलपरासी (ब सु प)को पाल्हीनन्दन गाउँपालिका–१ स्थित महेशपुर भन्सार कार्यालयले रु ४० लाख १२ हजारभन्दा बढीको चिनी नष्ट गरेको छ ।  

चार वर्षअघि बरामद गरिएको चिनी अखाद्य भएको भन्दै मंगलबार स्थानीय झरही नदी किनारमा खाल्टो खनेर नष्ट गरिएको भन्सार कार्यालय प्रमुख विकास उपाध्यायले जानकारी दिए ।  

उनका अनुसार आर्थिक वर्ष २०७८-७९ मा भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएको ६२ हजार ७०० किलोग्राम चिनी नेपाल प्रहरी र सशस्त्र प्रहरीले विभिन्न स्थानबाट बरामद गरिएको थियो । कार्यालयसँग बजेट अभाव देखाएर चार वर्ष पहिले चिनी नष्ट गर्न नसकिएको जनाइएको छ ।  

खाद्य प्राविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले चिनी खानयोग्य नरहेको भनेपछि भन्सारले लिलाम प्रक्रिया अगाडि नबढाएको पनि भन्सार कार्यालयका नायब सुब्बा राजेन्द्रप्रसाद ढुंगानाले बताए ।  

यस्तै, छिमेकी राष्ट्र भारतबाट अवैध रुपमा ल्याएको रु पाँच लाख ८८ हजार बराबरको ७० बोरा धानको बीउसमेत आज नष्ट गरिएको नासु ढुंगानाको भनाइ छ । 

प्रकाशित: १७ असार २०८२ २०:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App