कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको सुविधासम्मन्न भवनको उद्घाटन भएको छ । वीरेन्द्रनगरमा कार्यालय स्थापना भएयता भाडामा बस्दै आएपनि लामो समयपछि आफ्नै सुविधासम्पन्न भवनमा सरेको हो ।
४ करोड ३४ लाख ७२ हजार ९ सय ८९ रुपैयाँ भ्याट बाहेकको लागतमा रविना अविसा जेभीले सम्झौता गरी दुई वर्षभित्र सक्ने गरी २०७७ असार ३० गते कार्यआदेश लिएको थियो । जसअनुसार सम्झौताअवधीका काम गर्न नसकि ६ पटकसम्म म्याद थपेर भवन निर्माण सम्पन्न भएसंगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजिव कुमार कर्णले नयाँ सुविधासम्पन्न भएको एक समाहरोहविच उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश उपाध्यायसहित सुर्खेतस्थित विभिन्न कार्यालय प्रमुखहरु सहभागी थिए ।
डिभिजन कार्यालयका लागि स्टेमेन्ट गरी ठेक्का प्रकृया अघि बढाईएको भए पनि अहिले प्रयोगशालासहित जडान गरिएको छ । आगामी वर्षको बजेटमा प्रयोगशाला छुटटै हुन आवश्यक छ । २०८१ मंसिर १ गते कार्यालयमा सामाग्रीसहित कामकाज भएपनि उद्घाटन ढिला गरिएको खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालयका निमित्त प्रमुख भेष बहादुर थापाले बताए । खाद्या प्रविधिको आफ्नै कार्यालय प्रमुखको क्वार्टरसहित भवन भएपनि अनुगमनका लागि आवश्यक चार पाङ्ग्रे सवारी नहुँदा वर्षातमा समस्या हुने गरेको छ ।
‘कार्यालय स्थापनादेखि भाडाको घरमा बस्दै आएको कार्यालय पहिलो पटक आफ्नै घरमा सरेको छ ।’
निमित्त प्रमुख भेषबहादुर थापाले भने, बजार अनुगमन र परिक्षणका थुप्रो कामहरु भएकाले कार्यालयको लागि प्रयोगशाला भवन र गाडी आवश्यक छ ।’
प्रकाशित: १५ असार २०८२ १५:०५ आइतबार





