१७ माघ २०८२ शनिबार
image/svg+xml
समाज

भीमसेन थापा पुरस्कार कूटनीतिज्ञ भेषबहादुर थापालाई

फाइल तस्बिर

राष्ट्रिय विभूति भीमसेन थापा प्रतिष्ठानले मुलुकको आर्थिक र कूटनीतिक क्षेत्रमा योगदान पुर्‍याउने डा. भेषबहादुर थापालाई यो वर्ष पुरस्कृत गर्ने निर्णय गरेको छ।

प्रतिष्ठानका अध्यक्ष प्रा. डा. पार्थिवेश्वरप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले सर्वसम्मतिबाट कूटनीतिज्ञ र अर्थविद् डा. थापालाई पुरस्कृत गर्ने निर्णय गरेको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले साउन ९ गते भीमसेन थापाको २५१औँ जन्मजयन्तीको अवसरमा शीतल निवासमा विशेष समारोहमा डा. थापालाई सम्मान र पुरस्कार प्रदान गर्ने कार्यक्रम छ। पुरस्कारको राशि एक लाख नगदसहित सम्मानपत्र रहेको प्रतिष्ठानका अध्यक्ष डा. तिमिल्सिनाले जानकारी दिए।

यो प्रतिष्ठानले तीन दशकदेखि राष्ट्रिय विभूति भीमसेन थापाको स्मृतिमा उनको जन्मजयन्तीको दिन इतिहास विषय वा राष्ट्रिय महत्वका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई पुरस्कारबाट सम्मानित गर्दै आएको छ।

प्रतिष्ठानले गत वर्ष चिकित्सा क्षेत्रमा योगदान पुर्‍याएबापत मृगेन्द्र–सम्झना चिकित्सा गुठीलाई यो पुरस्कार प्रदान गरेको थियो।

प्रकाशित: १५ असार २०८२ १२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App