१५ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

चितुवाको आक्रमणबाट गुलरियामा एक जना घाइते

चितुवाको आक्रमणबाट एक पुरुष घाइते भएका छन् ।

गुलरिया नगरपालिका–६ स्थित सर्जु सामुदायिक वनमा घाँस काट्न गएको बेला शनिबार साँझ ५ बजे चितुवाले आक्रमण गरेको हो ।

चितुवाको आक्रमणबाट घाइते हुनेमा गुलरिया नगरपालिका–७ का ३२ वर्षीय बिरेन्द्र यादव रहेका छन् । वनमा घाँस काट्न गएको बेला चितुवाले यादवलाई आक्रमण गरेको डिभिजन वन कार्यालयका सूचना अधिकारी रामकुमार चौधरीले बताए ।

सूचना अधिकारीका अनुसार यादवको टाउकोमा सामान्य चोट लागेको छ । बर्दिया अस्पतालमा उपचारपछि यादव घर फर्किसकेका छन्।

प्रकाशित: १५ असार २०८२ १२:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App