२७ असार २०८२ शुक्रबार
image/svg+xml
समाज

विद्यालय बन्द गरेर शिक्षक भ्रमणमा, विद्यार्थी र अभिभावकले लगाए ताला

दैलेखको भगवतीमाई गाउँपालिकामा रहेको भैरवी माध्यमिक विद्यालय खोरमा विद्यार्थी र अभिभावकले विद्यालयमा तालाबन्दी गरेका छन् ।

शिक्षक जनप्रतिनिधि विद्यार्थीको पढाइ नै रोकेर एक हप्ते शैक्षिक भ्रमणको प्रश्न उठाउँदै विद्यार्थी र अभिभावकले विद्यालयमा तालाबन्दी गरेका हुन् ।

असार मसान्तमा बजेट सक्ने हतारोमा विद्यालय नै बन्द गरेर उनीहरू परिवार सहित भ्रमणमा गएको भन्दै स्थानीय स्तरमा चर्को आलोचना भएको छ । विद्यालय व्यवस्थापन समितिको निर्णय भन्दै सोमबारदेखि विद्यालयमा तालाबन्दी गरिएको हो ।

विद्यालयका सहायक प्रधानाध्यापक चित्र थापाले यो कदम नमुना विद्यालय कार्यक्रमको नीति विपरीत र पूर्णतः मनोमानी गरेको भन्दै तालाबन्दी गरेको बताए । ‘कार्यक्रम सञ्चालन समितिलाई कुनै जानकारी नदिई एकलौटी निर्णय गरेको उनले बताए ।

नमुना विद्यालय कार्यक्रम अन्तर्गत शिक्षा विभागबाट प्राप्त ६ लाख रुपैयाँ अनुदान खर्च गर्न यो भ्रमण आयोजना गरिएको बताइएको छ ।

गएको बुधबार बिहानै विद्यालयबाट बस रिजर्भ गरेर भ्रमण टोली हिँडेपछि सयौँ विद्यार्थीको पठनपाठन ठप्प भएको छ। भ्रमणमा वडा अध्यक्ष र व्यवस्थापन समितिका सदस्यहरूले आफ्ना आफन्तजस्ता असम्बन्धित व्यक्तिहरूलाई समेत लगेको स्थानीयले आरोप लगाएका छन् ।

प्रकाशित: ९ असार २०८२ १२:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App