सुर्खेत पश्चिमको चौकुने गाउँपालिकामा शनिबार राति भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
चौकुने गाउँपालिका वडा नं ६ साल्ममा ट्याक्टर दुर्घटना हुँदा पञ्चपुरी नगरपालिका वडा नम्बर-८ का राजु कामी र भवाने कामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको हो।
चालकसहित ट्याक्टरमा ११ जना सवार रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका मध्ये ३ जनालाई कर्णाली प्रदेश अस्पताल कालागाउँमा ल्याइएको छ भने बाँकी छ जनाको प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा उपचार भइरहेको छ।
प्रकाशित: ८ असार २०८२ ०६:०७ आइतबार





