२८ असार २०८२ शनिबार
image/svg+xml
समाज

भूमि आयोगद्वारा सुकुम्बासी प्रमाणीकरण कार्य तीव्र

यहाँ भूमि आयोगले सुकुम्बासीको प्रमाणीकरण काम थालेको छ। यसअघि संकलित तथ्यांकको आधारमा आयोगले सुकुम्बासीको प्रमाणीकरण थालेको हो।  

षडानन्द नगरपालिकामा आवेदन परेका ६० जना सुकुम्बासीको पालिकास्तरबाट प्रमाणीकरण गर्ने निर्णय गरिएको छ। वडास्तरीय सहजीकरण समितिमार्फत आएका ६० जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासीको पालिकास्तरबाट प्रमाणीकरण गर्ने निर्णय भएको भूमि आयोग भोजपुरका अध्यक्ष देवीराम चौलागाईंले जानकारी दिए।  

सुकुम्बासीको प्रमाणीकरणको लागि पौवादुंगमा, हतुवागढी, साल्पासिलिछो र आमचोक गाउँपालिकामा वडास्तरमा सात दिने सूचना प्रकाशन गरिएको अध्यक्ष चौलागाईंको भनाइ छ। पालिकास्तरमा निर्णय भएर आएकाको जिल्लामा पुनः प्रमाणीकरण गरेपछि लालपूर्जा वितरणको काम अघि बढाउने आयोगले जनाएको छ।  

‘हामीले वडास्तरबाट सुकुम्बासीको प्रमाणीकरण थालेका छौं,’ अध्यक्ष चौलागाईंले भने, ‘षडानन्द नगरपालिकामा ६० जनाको पालिकास्तरबाट प्रमाणीकरण भएको छ। अन्य पालिकामा पनि काम अघि बढाएका छौं।’

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लक्ष्य गरेर उनीहरूको तथ्यांक संकलन पश्चात् वडा तथा पालिकास्तरबाट प्रमाणीकरण थालिएको हो। अन्तिम प्रमाणीकरणमा परेकालाई राज्यको नियमअनुसारको जग्गा वितरण हुने आयोगले जनाएको छ।

प्रकाशित: ७ असार २०८२ ०६:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App