१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म सिन्धुली-काभ्रे हुँदै काठमाडौंको बाटोमा सवारी प्रवेश गराउनु रोक

मनसुन सक्रिय भएसँगै बर्सातका कारण विपद् आउने जोखिम बढेको भन्दै सिन्धुली, काभ्रेपलाञ्चोक र रामेछाप जिल्लाले रातको समयमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेका छन्।

संयुक्त सुरक्षा बैठकको निर्णयअनुसार बीपी राजमार्ग हुँदै काभ्रेपलाञ्चोक–भकुण्डेबेसी र सिन्धुली–चुँचेतार हुँदै काठमाडौंतर्फ जाने सार्वजनिक तथा निजी यात्रुवाहक सवारी साधनलाई साँझ ६:३० बजेपछि बिहान ५:०० बजेसम्म यात्रा गर्न रोक लगाइएको हो।

सिन्धुली र काभ्रेपलाञ्चोक जिल्लाका प्रशासन कार्यालयले छुट्टाछुट्टै सूचना प्रकाशित गर्दै असार ६ गतेदेखि १५ दिनसम्मका लागि सवारी सञ्चालनमा समयबन्दी गरिएको जानकारी दिएका छन्। सूचनामा विपद् व्यवस्थापन तथा यात्रु सुरक्षालाई ध्यानमा राखी उक्त निर्णय गरिएको उल्लेख छ।

‘देशभर मनसुन सक्रिय अवस्थामा रहेकाले कुनै पनि समयमा बाढी, पहिरो र सडक अjरुद्ध हुने अवस्था सिर्जना हुन सक्ने भएकाले सतर्कता अपनाउन आवश्यक देखिएको छ,’ जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ।

प्रकाशित: ६ असार २०८२ २१:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App