१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

सुन तस्करी प्रकरणमा फरार रहेकी माओवादी नेतृ पक्राउ

६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी माओवादी नेतृ अमला रोक्का पक्राउ परेकी छिन्।

शुक्रबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले काठमाडौंको टोखाबाट पक्राउ गरेको हो।

सीआईबीका प्रमुख एआइजी चन्द्र कुबेर खापुङका अनुसार उनलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। उनी विरुद्ध प्रहरीले डिफिउजन नोटिस जारी गरेको थियो। 

अमला नेकपा माओवादी केन्द्रकी रोल्पा-काठमाडौँ गणतान्त्रिक मञ्चकी पूर्व उपाध्यक्ष समेत हुन्।

राजस्व अनुसन्धान विभागले २०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६१ किलो सुन बरामद गरेको थियो। सोही सुन प्रकरणमा फरार रहेकी रोक्कालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो। 

प्रकाशित: ६ असार २०८२ १७:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App