१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

दव्ल्याङ पहिरोले कालीगण्डकी करिडोरमा सवारी आवागमन ठप्प

फाइल तस्बिर

बागलुङ नगरपालिका-१० दव्ल्याङमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। बिहीबार रातिदेखिको अविरल वर्षापछि आएको पहिरोले दव्ल्याङमा सडक बगाएको हो।  

चार वर्षदेखि हरेक वर्षायाममा निरन्तर चलिरहेको पहिरोले सामान्य वर्षामा पनि उक्त सडक अवरुद्ध हुने गरेको छ। करिडोर अवरुद्ध हुँदा बागलुङको सदरमुकाम बागलुङ बजारबाट जिल्लाको दक्षिण क्षेत्रमा सवारी आवागमन ठप्प भएको प्रहरी सहायक निरीक्षक गङ्गाराम विकले बताए। करिडोर हुँदै लामो दूरीका लागि छुटेका सवारी पनि पहिरोको आसपासमा रोकिएका छन्।  

कालोपत्रको काम चलिरहेको बागलुङ-बलेवा विमानस्थल खण्डमा ठाउँठाउँमा पहिरोले करिडोर क्षतविच्छेद बनाएको छ। कालोपत्रको काम गरिरहेको बिडारी निर्माण सेवाले पहिरो पन्छाउने र पहिरोले बगाएका संरचना पुनर्निर्माणको काम गरिरहेको भए पनि सडक खुल्न केही समय लाग्ने उनले बताए।

प्रकाशित: ६ असार २०८२ ०८:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App