१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

पूर्वकार्यकारी निर्देशक बलराम ठाकुरसहित नौं जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

 बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वकार्यकारी निर्देशक बलराम ठाकुरसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो समयको अनुसन्धानपछि बिहीबार विशेष अदालतमा ठाकुरविरूद्ध ५१ लाख ७१ हजार बिगो मागदाबीसहित मुद्दा दायर गरेको हो ।

ठाकुरले आफ्नो कार्यकालमा परिषद्को रकम हिनामिना गरेको, गाडी खरिदबिक्रीमा अनियमितता गरेको लगायत दाबी अख्तियारको छ ।

ठाकुरकी श्रीमती इन्दुलेखा कुमारी ठाकुर, ठेकेदार जितेन्द्रकुमार यादव,  उपभोक्ता समितिका अध्यक्ष विजयकुमार यादव, कोषाध्यक्ष बबितादेवी साह, लेखापाल सावित्री गिरी, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवीराज शर्मा ढुंगाना, कम्प्युटर अधिकृत कृष्णमुमारीसिंह, सवारी चालक बिक्कीकुमार चौधरी र बलरामलाई अख्तियारले प्रतिवादी बनाएको छ ।

२०७५ मङ्सिर ५ गतेदेखि आफ्नो चार वर्षे कार्यकालमा तत्कालिन निर्देशक ठाकुरले भ्रष्टाचार गरेको र कार्यालयको गाडी आफ्नी श्रीमतीको नाममा नामसारी गराएको पाइएको आरोपपत्रमा उल्लेख छ। 

प्रकाशित: ५ असार २०८२ १८:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App