१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

सावित्री देवी स्मृती प्रतिष्ठानद्वारा स्वास्थ्यकर्मी लामासहित अन्य व्यक्ति सम्मानित

‘सावित्री देवी स्मृती प्रतिष्ठान’ले समाजमा योगदान पुर्‍याएका विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ। स्व सावित्री देवी न्यौपानेको १४ औँ स्मृति दिवसको अवसर पारेर विभिन्न व्यक्तिहरू सम्मानित भएका हुन्।

बुधबार काभ्रेपलाञ्चोकको पनौतीमा स्वास्थ्य स्वयमसेविका मनकुमारी लामा, अनिस्मा तामाङ्, डा. आशिष लामिछाने र सहकारी अभियन्ता भरतप्रसाद शर्मा सम्मानित भएका छन्। स्वास्थ्य स्यमसेविका लामा १० हजार, तामाङ १० हजार, अभियान्ता शर्मा २५ हजार र डा. लामिछाने २५ हजार नगदसहित सम्मानित भएका हुन्।  

माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले दोसल्ला र नगदसहित सबैलाई सम्मानित गरेकी थिइन्। जेष्ठ नागरिकको उपस्थितिमा भएको कार्यक्रममा अध्यक्ष कोईरालाले समाजमा लागुऔषधको समस्या बढिरहेको  बताइन्। उनले अहिले डिक्सो, बार र क्लबमा अवाञ्छित गतिविधि भएकाले त्यहाँ निगरानी बढाउन ध्यान दिनलाई सरकारको ध्यानाकर्षण गराइन्।

१३ देखि १९ वर्षसम्मका बालबालिकाहरूमा यस्तो लत देखिएको र लागुऔषध बिक्री हुनु राम्रो कुरा नभएको तर्फ ध्यानाकर्षण गराइन्।  

कार्यक्रममा डा.राजेन्द्र कोजू, नेपाली कांग्रेसका नेता मधुप्रसाद आचार्य, युवा अभियन्ता भुषण श्रेष्ठ लगायतले प्रतिष्ठानले खेलेको भूमिकाको बारेमा मन्तव्य दिएका थिए। प्रतिष्ठानले खोपासीका जेष्ठ नागरिकका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।  

अभियन्ता श्रेष्ठले २५ हजार नगद सहयोग गरेका छन्। प्रतिष्ठानको कार्यक्रममा प्रतिष्ठानका आजिवन सदस्य, परिवारका सदस्य, जेष्ठ नागरिक, संचारकर्मीको उपस्थिति रहेको थियो। पनौती ११ का वडाध्यक्ष विपिन लामा, नेपाली सेनाका श्री मेहर गणका गणपती, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्वअध्यक्ष लगायतको उपस्थिति थियो।

प्रकाशित: ५ असार २०८२ १३:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App