२८ असार २०८२ शनिबार
image/svg+xml
समाज

सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु

परशुराम नगरपालिका-७ सादनी निवासी १३ वर्षीय किशोर प्रकाश भट्टराईको सर्पले डसेर मृत्यु भएको छ।

जोगबुडास्थित इलाका प्रहरी कार्यालयका प्रमुख सुरेश रोकायाकाे अनुसार आज बिहान शौचालय गएका उनलाई सर्पले डसेको हो। तत्काल अस्पताल पुर्‍याइएका निजको उपचारका क्रममा मृत्यु भएको हो। उनी स्थानीय शिवशङ्कर माध्यमिक विद्यालयमा ९ कक्षामा पढ्दै थिए।  

प्रकाशित: ५ असार २०८२ ११:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App