स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा प्रस्तुत गरिएको ओएनएम प्रस्तावमा रेडियोग्राफर तथा रेडियोग्राफी टेक्नोलोजिस्टहरूले विरोध गरेका छन्।
उनीहरुले कुनै परामर्श विना अगाडि बढाइएको प्रस्तावको विरोधमा कालोपट्टी बाँधेर आन्दोलन गरेका हुन्।
सरकारी रेडियोग्राफी संघका अध्यक्ष श्री दामोदर रोक्काले भने, “हामी कुनै पनि नीतिगत संरचनाको विरोधी होइनौँ, तर त्यो समावेशी, यथार्थपरक र पेसाको गरिमा अनुकूल हुनुपर्छ। प्रस्तावमा रेडियोग्राफी क्षेत्रको योगदान र हैसियतको पूर्ण बेवास्ता भएको छ।”
उनीहरुले रेडियोग्राफी सेवाको स्पष्ट सेवा संरचना र दायित्व, पेसागत योग्यता अनुसार पद सिर्जना र पदोन्नतिको सुनिश्चितता, नेतृत्व भूमिकामा पहुँच र वैज्ञानिक हैसियतको मान्यता र सेवा सुरक्षा, स्वायत्तता, र पेसागत पहिचानको संरक्षणको माग गरेका छन्।



प्रकाशित: ५ असार २०८२ ११:५२ बिहीबार